रामघाट प्रकरणमा महानगर भन्छ –‘छानबिनपछि दोषी कर्मचारीमाथि कारवाही हुन्छ’
पाेखरा | चैत ३०, २०७९
पोखरा: पोखरा महानगरपालिकाले कर्मचारी राखेर सेती नदीबाट बालुवा उत्खनन् गरी विक्री वितरण गरेको विषय विवादित बनेपछि छानबिन समिति गठन गरेको छ ।
पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो ।
‘महानगरको कर्मचारीले रामघाटमा रसिद नलिइ सवारी साधनलाई छाडेर आर्थिक अनियमितता गरेको विषय आएको छ, महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाले सुनगाभा न्यूजसँग भने, ‘त्यो विषयमा मनोहर कडरियाको संयोजकत्वमा बनेको तीन सदस्यीय समितिले आवश्यक छानबिन गरीरहेको छ । दोषी ठहरिए महानगरपालिकाले कारवाही गर्छ ।’
पोखरा महनगरपालिका १० को रामघाटबाट नदीजन्य पदार्थको उत्खनन् र विक्रि वितरण गर्नका लागि महागरले टेण्डर आह्वान गरेको थियो ।
टेण्डर नपरेपछि महानगर आफैले कर्मचारी राखेर विक्री वितरण गर्न कार्यपालिका बैठकबाट निर्णय गर्दै राजस्व असुल गरेको थियो । तर फिल्डमा खटिएका कर्मचारीहरुले माथिल्लो निकायका कर्मचारी तथा वडाध्यक्षहरुको मिलेमतोमा (माल लगेका सवारीको सँख्या अनुसार राजस्व संकलन नगरेको) कम राजस्व संकलन भएको विवरण महानगरमा बुझाएका थिए ।
त्यहीबाट आर्थिक अनियमितता भएको स्पष्ट भएपछि महानगर उक्त विषयमा विदादित बनेको थियो ।
पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

